
बैंकिङ खबर । कर्मचारी संचय कोषबाट ग्राहकहरुले लिनुभएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डूको शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ । अब कर्मचारी संचय कोषबाट जुनसुकै कर्जा वा साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी संचय कोषमा नगई यस बैंकको जुनसुकैै शाखा कार्यालयबाट भुक्तानी गर्न मिल्ने भएको हो । उक्त सुबिधाबाट ग्राहकको समय बचत हुने र बिना झन्झट सजिलै बैंकको शाखा कार्यालयबाट झुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।