Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंक तुलसीपुरको लगानी १८ करोड

admin २०७३ श्रावण २३ गते
सेयर:

adbl कृषि विकास बैंक शाखा कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०७२/७३ मा १८ करोड रुपैयाँ लगानी गरेको छ । सो बैंकका प्रबन्धक एकराज आचार्यका अनुसार बैंकले गत आवमा सात करोड रुपैयाँ निक्षेप वृद्धि गरेको छ । बैंकमा हाल २२ करोड रुपैयाँ निक्षेप जम्मा भएको छ । बैंकले गत आवमा तीन करोड रुपैयाँ निक्षेप सङ्कलनको लक्ष्य लिएकोमा सात करोड रुपैयाँ पु¥याउन सफल भएको आचार्यको भनाइ छ । त्यसैगरी बैंकले तीन करोड रुपैयाँ पाँच लाख खुदनाफा गरेको छ । बैंकमा अब एक लाख ७५ हजार रुपैयाँ मात्र भाका नाघेको ऋण रहेको छ भने ब्याज एक लाख ४१ हजार रुपैयाँमात्र रहेको बताइएको छ । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।