
बैंकिङ खबर । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले थप दुई शाखा विस्तार गरेको छ । फाइनान्स कम्पनीले इटहरी उप–महानगरपालिका वडा नं ६ र भरतपुर महानगरपालिका वडा नं ३ मा थप नयाँ शाखा विस्तार गरेको हो । देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप यो शाखा कार्यालय स्थापना गरिएको फाइनान्स कम्पनीले जनाएको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले विस्तारीत शाखाबाट आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलो मै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता गरे । एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ सेवाहरुको उपलब्धता रहेको फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना रहेको जानएको छ ।