सिद्धार्थ डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३३ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षकोभन्दा १ सय ३२ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बैंकले १४ करोड २७ लाख रुपैंया मात्र खुद मुनाफा कमाएको थियो ।
१ अर्ब १४ करोड ४४ लाख रुपैंयाँ चुक्ता पुंजी भएको बैंकले ५३ करोड ४५ लाख रुपैंया जगेडा कोषमा राखेको छ । निक्षेपमा ७६ दशमलब ५७ प्रतिशतले वृद्धि गरि १२ अर्ब ३२ करोड ७७ लाख रुपैंया संकलन गरेको छ भने कर्जामा ९४ प्रतिशतले बढाएर १० अर्ब ५८ करोड १२ लाख रुपैंयाँ प्रवाह गरेको छ । बैंकले खुद ब्याज आम्दानीमा ९७ दशमलव २० प्रतिशतले वृद्धि गरी ६३ करोड ५९ लाख रुपैयाँ कमाएको छ भने संचालन मुनाफामा १ सय ७६ दशमलव ८ प्रतिशतले वृद्धि गरी ३४ करोड ६६ लाख रुपैयाँ कमाएको छ । बैंकले प्रोभिजनमा १४ करोड २६ लाख रुपैयाँ छुटाएको छ । यस त्रैमासमा १६ करोड २० लाख रुपैंया राईट ब्याक गरेको छ ।
बैंकको निष्कृय कर्जा २ दशमलव ४१ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्तिमा १३ दशमलव ५६ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २८ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९ दशमलव ७७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४६ दशमलव ७१ रुपैयाँ र तरलता अनुपात २५ दशमलव १४ प्रतिशत रहेको छ ।




