Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एस डेभलमपमेन्ट बैंकले कमायो सवा २५ करोड मुनाफा

admin २०७३ श्रावण २३ गते
सेयर:

aceएस डेभलमपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २५ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले एक वर्षमा खुद मुनाफा ८७ दशमलव १३ प्रतिशतले बढाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १३ करोड ४९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

निक्षेपमा १२ दशमलव ६४ प्रतिशत वृद्धि गरी ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १६ दशमलव ५१ प्रतिशत बढाएर ६ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ लगानी गरेकोे छ । बैंकको खुद व्याज आम्दानी ३५ दशमलव ०३ प्रतिशतले बढेर ४३ करोड ९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९६ दशमलव ६६ प्रतिशतले बढेर ३० करोड ३० लाख रुपैयाँ पुगेको छ । बंैकले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम ६ करोड रुपैयाँ छुटाएको छ भने सम्भावित जोखिम बापतको व्यवस्थामा फिर्ता रकम ११ करोड ६० लाख रुपैयाँ उठाएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २५ दशमलव २५ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १६ दशमलव ३५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४१ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ६५ प्रतिशत रहेको छ । बैंकको जोखिमयुक्त सम्पति शुन्य दशमलव ८९ प्रतिशतले बढेर १५ दशमलव ५१ प्रतिशत रहेको छ भने निष्कृय कर्जा २ दशमलव १७ प्रतिशतले घटेर १ दशमलब ५१ प्रतिशत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।