२०७३ श्रावण २३ गते

एभरेष्ट बैंकले ४५ करोडको एफपीओ जारी गर्ने

fpo1एभरेष्ट बैंक लिमिटेडले ४५ करोड रुपैंया बराबरको फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले पुँजी वृद्धि योजना सार्वजानिक गर्दै चुक्ता पुँजी बढाउनका लागि प्रिमियम मुल्यमा एफपीओ जारी गर्न लागेको जानकारी गराएको हो । चालू आर्थिक वर्षभित्रै जारी गरिने उक्त एफपीओ प्रिमियममा जारी गर्ने भनिएपनि मूल्य भने तोकि नसकिएको बताइएको छ । 

त्यस्तै बैंकले फ्रि रिजर्भमा रहेको २ अर्ब ७७ करोड रुपैयाँलाई पुँजीकरण गर्ने र बैंकको नियमित नाफाबाट वार्षिक ७५ करोड रुपैयाँ पुँजीकरण गर्दै ०७४ असार मसान्तसम्ममा राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने जनाएको छ । यसबाहेक बैंकले पूँजी वृद्धिका लागि चारवटा बैंकसँग मर्जको लागि कुराकानी गरेको उल्लेख गरेको छ ।