‘बिओके’ क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न, कम्पनीले लाभांश वितरण गर्ने

बैंकिङ खबर ।  बिओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न भएको हो । क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आ.ब. २०७६/७७ को वित्तीय विवरणहरु पारित गरी सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम रु. ९४लाख ५० हजार नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष ब्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको छ ।


सोसिअल मेडिया