November 20th, 2020

नेपाल बैंकको थप नयाँ शाखा ओखलढुंगामा

 

 

बैंकिङ खबर । नेपाल बैक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले थप नयाँ शाखा ओखलढुंगामा शाखा विस्तार गरेको हो । बैंकको नयाँ शाखाको केन्द्रबाट भर्चुअल बिधि मार्फत अर्थमन्त्री बिष्णु पौडेल र सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले दिप प्रज्वलन सहित रिबन काटेर उद्घाटन गरेका हुन्। नेपाल बैक लिमिटेडको आज ८४ औँ बार्षिक उत्सवको अवसर पारेर ओखलढुंगामा बैंकको शाखा विस्तार गरिएको शाखा प्रबन्धक सरोज कटुवालले बताए । अहिलेको अवस्थालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएर नयाँ शाखा सुरु गरिएको शाखा प्रबन्धक कटुवालले बताए । नगरप्रमुख श्रेष्ठले बैंकले जिल्लाको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने कुरामा आफू आशावादी रहेको कुरा व्यक्त गरे । बैंकले जिल्लामा छिटो, छरितो र सर्वसुलभ सेवा सुविधा प्रदान गर्ने र अन्य बैंकले भन्दा कम ब्याजदरमा ऋण प्रदान गर्ने भएकाले नागरिकहरुलाई सहज हुने कटुवालले बताए । बार्षिकोत्सबको अबसरमा बैंकले नयाँ १२ शाखा सहित २७ ओटा शाखाहरूको एकसाथ उद्घाटन गरेको छ । ओखलढुंगामा भने बैंकले पहिलोपटक शाखा बिस्तार गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]