August 7th, 2016

नेपाल इन्भेष्टमेन्ट बैंकले कमायो साढे २ अर्ब मुनाफा

investment bankनेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ३० दशमलव ०२ प्रतिशत बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ मुनाफा कमाएको थियो ।

७ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा १० अर्ब ५५ करोड ५८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा अघिल्लो वर्षको तुलनामा १९ दशमलव ८५ प्रतिशत वृद्धि गरी १ खर्ब ८ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा १६ दशमलव १९ प्रतिशतले बढाएर ८७ अर्ब ९७ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ३१ दशमलव ६६ प्रतिशतले बढेर ३ अर्ब ९२ करोड ११ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४५ दशमलव ३४ प्रतिशतले बढेर ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । प्रोभिजनमा ४३ करोड ६४ लाख रुपैयाँ नकारात्मक रहेको बैंकले सो अवधिमा ३५ करोड रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रति शेयर आम्दानी (वार्षिक) ३५ दशमलव १६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) २९ दशमलव ५८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय ४५ दशमलव ४९ रुपैयाँ रहेको छ ।  निष्कृय कर्जातर्फ शुन्य दशमलव ५७ प्रतिशतले घटेर शुन्य ६८ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पतिमा ४ दशमलव २९ प्रतिशतले बढेर १६ दशमलव १९ प्रतिशत रहेको छ ।