Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको ८४ औं वार्षिकोत्सव सम्पन्न, बैंकले यी सेवाहरु निःशुल्क प्रदान गर्ने

२०७७ मंसिर ४ गते

बैंकिङ खबर । बिक्रम संम्वत् १९९४ कार्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भई संचालनमा आएको नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्नो ८४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको हो ।हाल देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टरमार्फत देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ । बैंकले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको सुखद् अवसरमा आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै यहि कार्तिक १ गते देखी निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो शेयर, सी आस्वा र भिसा डेविट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ । बैंकले वार्षिकोत्सवको शुभ–अवसरमा आफ्ना ग्राहकहरुमा अझ बढी अत्याधुनिक बैंकिङ्ग सेवा, सुविधाहरु प्रदान गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

Ad