पहिलो त्रैमासको वित्तीय विवरणः २७ वाणिज्य बैंक मध्येमा कुन बैंकको नाफा कति ?

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वटा वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको सो विवरण अनुसार असोज मसान्तसम्म वाणिज्य बैंकले १४ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन्।  गत वर्षको यसै अवधिमा यी बैंकहरुले १५ अर्ब ५५ करोड ५४ लाख कमाएका थिए। पहिलो त्रैमाससम्मा अधिकांश बैंकको नाफा घट्दा समग्र नाफामा ५.१२ प्रतिशतले कमी आएको हो। चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ। बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन्। पहिलो त्रैमासको वित्तीय विवरणअनुसार ग्लोबल आइएमईबैंकले १ अर्ब ५ करोड ८८ लाख नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकको नाफा ७५ करोड ३१ लाख थियो । त्यस्तै, नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआइसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७३ लाख, प्रभु बैंकले ८५ करोड करोड नाफा कमाएका हुन् । साथै, मेगा बैंकले ६० करोड ७९ लाख, बंगलादेश बैंकले ५७ करोड ११ लाख, एनएमबि बैंकले ७३ करोड २९ लाख, सिटिजन्स बैंकले ५१ करोड ५५ लाख र कुमारी बैंकले ६० करोड २५ लाख नाफा बढाएका छन्। असोज मसान्तसम्ममा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा कमाए सफल भएको छ। एक वर्षअघि छैटौं स्थानमा रहेको यो बैंक अहिले अग्र स्थानमा छ। त्यस्तै पहिले एक नम्वरमा रहेको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अहिले अंक तालिकाको छैटौं स्थानमा झरेको छ। त्यस्तै, नविल र एनआइसी एसिया बैंक अंक तालिकामा क्रमशः दोस्रो र तेस्रो स्थानमा यथावत छन्। एभरेष्ट, स्टान्डर्ड चार्टड, एसबिआई, हिमालयनजस्ता विदेशी स्वामित्व भएका बैंकको नाफा भने उच्च दरले घटेको छ। एसबिआईको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ। एभरेष्टको ५१, हिमालयनको ४७ र स्टान्डर्ड चार्टडको ३७ प्रतिशतले नाफा घटेको छ। त्यस्तै नाफाका आधारमा अन्तिम स्थानमा रहेको सिभिल बैंकको ३९ प्रतिशतले घटेको छ। त्यस्तै अन्य केही संस्थालाई आफूमा गाभेका कारण पनि एनएमबिको नाफा वृद्धिदर उच्च देखिएको हो।

 


सोसिअल मेडिया