Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्टान्डर्डका चार्टर्ड बैंकका शेयरधनीलाई नगद लाभांश आइतबारदेखि

२०७३ श्रावण २१ गते

scbस्टान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्षको लाभांश लिन बोलाएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै साउन २३ गतेदेखि लाभांश वितरण गरिने जनाएको छ । सेयरधनी र डिम्याट खाता नम्बर अनुसार क्रमबद्धरूपमा लाभांश वितरण गरिने बैंकको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । 

बैंकले साउन २३ देखि भदौ १६ भित्रमा सबै सेयरधनीलाई लाभांश वितरण गरिसक्ने कार्यतालिक तय गरेको छ । डिम्याट खाता रहेको निक्षेप सदस्य तोकेर लाभांश लिन जानका लागि सूचना जारी गरिएको छ । नगद लाभांश लिन सिद्धार्थ क्यापिटल लिमिटेड, अनामनगरमा जानुपर्नेछ । 

स्टान्डर्ड चार्टर्ड बैंकको गत जेठ २१ मा सम्पन्न साधारण सभाले १९.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।