स्टान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरूलाई आर्थिक वर्षको लाभांश लिन बोलाएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै साउन २३ गतेदेखि लाभांश वितरण गरिने जनाएको छ । सेयरधनी र डिम्याट खाता नम्बर अनुसार क्रमबद्धरूपमा लाभांश वितरण गरिने बैंकको सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
बैंकले साउन २३ देखि भदौ १६ भित्रमा सबै सेयरधनीलाई लाभांश वितरण गरिसक्ने कार्यतालिक तय गरेको छ । डिम्याट खाता रहेको निक्षेप सदस्य तोकेर लाभांश लिन जानका लागि सूचना जारी गरिएको छ । नगद लाभांश लिन सिद्धार्थ क्यापिटल लिमिटेड, अनामनगरमा जानुपर्नेछ ।
स्टान्डर्ड चार्टर्ड बैंकको गत जेठ २१ मा सम्पन्न साधारण सभाले १९.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।




