शुभेच्छा विकास बैंकले गत आर्थिक बर्षमा ३ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा करिब साढे १० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
२२ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ८ करोड २९ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । २ अर्ब २५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । ०.६५ प्रतिशत मात्र खराब कर्जा रहेको बैंकले प्रोभिजनमा ४५ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक १६.८१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २० दशमलव ७६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३६ दशमलव ५६ रुपैयाँ र तरलता अनुपात ३१ दशमलव ११ प्रतिशत रहेको छ ।