August 6th, 2016

किसान माइक्रोफाइनान्सले कमायो १ करोड ३४ लाख मुनाफा

kishanगत आर्थिक बर्षमा किसान माइक्रोफाइनान्सले १ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १४० प्रतिशत बढी मुनाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

२ करोड पूँजी भएको कम्पनीले जगेडा कोषमा १ करोड ९७ लाख रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीले ८ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

०.५७ प्रतिशत खराबकर्जा रहेको किसान माइक्रोफाइनान्सले प्रोभिजनमा ४९ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६७.३० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ गुणा, तरलता अनुपात ३९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ९६ रुपैयाँ रहेको छ ।