Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिभिल बैंकको नयाँ व्याजदर सार्वजनिक, ११ प्रतिशतमै पाइने भयो घरजग्गा कर्जा

२०७७ कार्तिक २९ गते

बैंकिङ खबर । सिभिल बैंक नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गते, सोमबारबाट लागू हुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । हाल बैंकको २० वटा साधारण बचत खाता संचालन छन् । बैंकले साधारण १९ वटा खातामा निक्षेप कर्तालाई ४ प्रतिशत व्याज दिने भएको छ । त्यस्तै, प्रिमियम खातामा भने निक्षेप कर्ताले ६ प्रतिशत व्याज पाउनेछन् । साथै, बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५ दशमलब १० प्रतिशत देखि अधिकतम ९ दशमलव २५ प्रतिशत सम्म व्याजदर कायम गरेको छ । हाल बैंकको बेसरेटदर ८.८८ प्रतिसत रहेको छ । त्यस्तै, बैंकले विभिन्न कर्जाको लागि न्यूनतम ९.८८ प्रतिशत देखि १३.८८ प्रतिसतसम्म व्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । ५ वर्षसम्मको घर कर्जाको लागि ११.३८ प्रतिशत, १० वर्षसम्म कर्जामा ११.८८ प्रतिशत, १५ वर्षबढि सम्मको कर्जाको लागि १२.८८ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । त्यस्तै, ७ वर्षको सवारी कर्जाको लागि ११.८८ प्रतिशत, १५ वर्ष बढि समयको कर्जामा १३.८८ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ ।

Ad