Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंक र संगम स्वीट्स बीच सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट !

२०७७ कार्तिक २८ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक र संगम स्वीट्स बीच व्यवसायिक सम्झौता भएको छ । बैंकले आफ्ना डेविट भिषा कार्डवाहक ग्राहकहरुलाई काठमाडौंस्थित संगम स्वीट्समा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो । सो सम्झौता पश्चात बैंकका डेविट भिषा कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको आउटलेटहरुबाट १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग र क्यासलेस (Cashless) कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले VISA NETWORK अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्थागरिएको समेत बैंकले जनाएको छ।

Ad