August 5th, 2016

इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेण्ट बैंक किन्ने

investment bankनेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंक किन्ने भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट अध्यक्ष  पृथ्वीबहादुर पाण्डे र एस डेभलपमेण्ट बैंकका तर्फबाट अध्यक्ष योगेन्द्र शाक्यले एस डेभलपमेण्ट बैंकलाई इन्भेष्टमेण्ट बैंकले खरिद गर्ने सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका हुन् । 

१ बराबर शुन्य दशमलव ४१ को शेयर स्वाप रेसियोमा इन्भेष्टमेन्टले एसलाई किन्न लागेको जनाइएको छ । जसअनुसार, अब एस डेभलपमेण्ट बैंकका लगानीकर्ताले आफ्नो १ सय कित्ता शेयर बराबर इन्भेष्टमेण्ट बैंकको ४१ कित्ता शेयर पाउने छन् ।  

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोडको हाराहारीमा छ । १ अर्ब बढी चुक्ता पूँजी भएको एसलाई आफुमा गाभे पछि इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी ७ अर्ब ७० करोडको हाराहारीमा पुग्ने छ ।