
बैंकिङ खबर । कामना सेवा विकास बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले अहिलेको असहज परिस्थितीलाई मध्यनजर गर्दै आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत सम्पन्न गरेको हो । बैंकका अध्यक्ष सुदिप आर्चायको अध्यक्षतामा सम्पन्न भएको १४ औं वार्षिकोत्सव कार्यक्रम शुभकामना आदन सम्पन्न भएको हो । सो कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदन प्रदान गरे । शुभकामना आदानप्रर्दानको क्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि.डि. एस. एन्ड क्लिेरिङ, बि.ओ.के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालक, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरे । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कोभिड–१९ को कारण बैंक तथा वित्तीय संस्थाहरुमा पारेको प्रभाव र यस अवस्थामा बैंकले कर्मचारी तथा ग्राहक महानुभावहरुको सुरक्षाको लागि अपनाएका विधि प्रक्रियाहरुको बारेमा प्रष्ट पारे । बैंकले १३ वर्षको सुखद यात्रा पूरा गरी १४ औं वर्ष तर्फ अग्रसर भइ रहंदा सञ्चालक समिति, सम्पूर्ण कर्मचारी, शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियमनकारी निकाय लगायत अन्य सहयोगी संघ संस्थाहरुलाई बैंकका प्रमुख बस्नेतले बधाई ज्ञापन गरे ।

