Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय अवस्था

२०७७ कार्तिक २७ गते

 

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा १२.३९ प्रतिशतले नाफा घटेको हो । गत वर्ष बैंकले २० करोड ५६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आएपछि खुद नाफा पनि ओरालो लागेको हो ।  यसअवधिमा खुद ब्याज आम्दानी ९.२४५ ले घटेर २८ करोड ३५ लाख ८५ हजार रुपैयाँमा आएको छ । यस्तै, सञ्चालन नाफा पनि ११.८९५ ले घटेर २५ करोड ७६ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । इन्फ्रास्ट्रक्चरको रिजर्भ कोषमा भने ८२.४४५ वृद्धि भएको छ । गत वर्ष ९९ करोड ४६ लाख ७१ हजार रुपैयाँ रहेको रिजर्भ कोष बढेर १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पुँजी हाल १२ अर्ब रुपैयाँ रहेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्ब तथा जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी पनि २० अर्ब रुपैयाँ पुग्नेछ ।

Ad