Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मिर्मिरे लघुवित्तद्धारा १२ प्रतिशत बोनस घोषणा

२०७७ कार्तिक २७ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । लघुवित्तको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै, मिर्मिरेले बोनस सेयरमा लग्ने कर तिर्न ०.६३५ नगद लाभांश दिने निर्णय पनि गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । मिर्मिरेले हाल कायम ३९ करोड ६१ लाख ४६ हजार ६४१ रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिन लागेको हो । बोनस वितरण भएपछि चुक्ता पुँजी ४४ करोड ३६ लाख ८४ हजार २८७ रुपैयाँ पुग्नेछ । गत वर्ष भने मिर्मिरेले ४५५ बोनस सेयर र २.३७५ नगद लाभांश वितरण गरेको थियो ।

Ad