मेरोमाइक्रोफाइनान्स लघुवित्त नवौं वर्षमा प्रवेश

बैंकिङ खबर । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ । स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले बुधवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा मेरोमाइफोफाइनान्सले नेपालको लघुवित्त क्षेत्रमा छुट्टै किसिमको ब्राण्ड बनाएको बताए । हाल लघुवित्त वित्तीय संस्थाले बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले बिना धितो सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा शुरुवात गरेको छ । हाल देशको ५९ जिल्लामा १२० शाखा सञ्जालमार्फत १ लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल भएको छ । त्यस्तै, हालसम्म रु. १ अर्ब ८४ करोड बराबर निक्षेप संकलन गरी रु. ८ अर्ब २५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।


सोसिअल मेडिया