Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंक, राष्ट्र बैंक र केएफडब्लु बैंक बीच सम्झौता

२०७७ कार्तिक २६ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र केएफडब्लु डेभलपमेन्ट बैंक संग त्रिपक्षीय सम्झौता गरेको छ ।बैंकले जर्मन सरकार समर्थित परियोजनाका ‘ग्रामिण तथा अर्ध सहरी क्षेत्रको दिर्घकालिन आर्थिक विकास’को लागि नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तिय विकास निगम द्धारा सञ्चालनमा परियोजनाको लागि सम्झौता भएको हो। उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरे ।  जसमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत  मुक्तिनाथ विकास बैंक र जर्मन सरकारको तर्फबाट के एफ डब्लु डेभलपमेन्ट बैंकद्धारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरुलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्श लगायत आवश्यक प्राविधिक सेवाहरु प्रदान गर्नेछ । लघु, साना तथा मझौला उद्ममको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम भुमिका रहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिनाथ विकास बैंकले मुख्यतः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गत ग्रामिण तथा अर्ध–सहरी क्षेत्रमा रहेका लघु,साना तथा मझौला उद्मोगलाई कर्जा प्रदान गर्ने जनाएको छ । यस परियोजना बैंकले लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि रु दुई लाख देखि रु चालिस लाख सम्मको कर्जा सुविधा लघु, साना तथा मझौला उद्यमीहरुलाई सिपमुलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग यस योजनाले ग्रामीण तथा अर्धशहरी क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुलाई उद्यमशिलता विकासको लागि आवधिक कर्जाका साथै सिपमुलक तालिम प्रदान गर्ने छ ।

 

Ad