November 11th, 2020

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको २१ औं शाखा धनुषाको महेन्द्रनगरमा

बैंकिङ खबर । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले थप नयाँ शाखा संचालनमा ल्याएको छ । फाइनान्स कम्पनीले कार्तिक २६ गते २१ औ शाखा धनुषा जिल्लाको महेन्द्रनगरमा शाखा बिस्तार गरेको हो । हाल वित्तीय संस्थाको चुक्तापूँजी तथा जगेडा कोषमा रु. १ अर्ब १९ करोड, ,निक्षेप संकलन रु. ५ अर्ब ४४ करोड तथा कर्जा लगानी रु. ३ अर्ब ९५ करोड रहेको छ । हाल संस्थाको प्रधान कार्यालय हरिहर भवन ललितपुरमा रहेको छ । त्यस्तै, प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र एउटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालयहरु र एक्सटेन्सन काउन्टर, गण्डकी प्रदेशमा १ वटा शाखा कार्यालय र लुम्बिनी प्रदेशमा ४ वटा शाखा कार्यालयहरु संचालनमा छन् । बैंकि सेवामा सेवा, SCT सेवा, ATM सेवा, SMS BANKING सेवा, E-BANKING सेवा, ECC, IPS/Connect IPS सुविधा, Mobile banking, Safe Deposit Locker , विभिन्न विप्रेषनT(Remittance) सेवा तथा DP सेवा, र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]