Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सुनचाँदी कर्जामा लापरबाही गर्दा पछि पर्यो कृषि विकास बैंक म्याग्दी

२०७३ श्रावण २१ गते

adblम्याग्दीका सरकारी बैंकहरुले आर्थिक वर्ष २०७२/७३ मा निकै नाफा कमाएका छन् । सस्तो ब्याजदर, सेवाग्राहीको सहज पहुँच, आधुनिक सेवा, ग्रामीण केन्द्रित लगानी लगायत विभिन्न सेवालाई प्राथमिकतामा राखेर लगानी गरेका म्याग्दीका सरकारी बैंकहरु नाफामा गएका हुन् । म्याग्दीको सदरमुकाम बेनीमा रहेका नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंकले गर्त वर्ष नाफा मनग्यै बढाएका छन् । तर सुनचाँदी कर्जामा समस्या देखिएपछि कृषि विकास बैंकको नाफा भने घटेको छ । बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपाल बैंकले ६ करोड ५९ लाख कमाएको छ । त्यस्तै राष्ट्रिय बाणिज्य बैंकले दुई करोड ६५ लाख कमाएको छ र कृषि विकास बैंकले ४१ लाख ७२ हजार खुद नाफा गरेको छ ।