Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंक र एसआरएल डायगनोस्टिक बीच सम्झौता, बैंकका ग्राहकलाई विषेश छुट

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिक नेपालसँग एक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकका महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरे । उक्त सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एसआरएल डायगनोस्टिकमा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । हाल देशभरी १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धी कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

Ad