Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

८४औं बार्षिकोत्सवको उपलक्ष्यमा नेपाल बैंकद्धारा रक्तदान कार्यक्रम आयोजना

२०७७ कार्तिक २२ गते

बैंकिङ खबर । नेपाल बैंकले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको सुखद् अवसरमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने क्रममा कार्तिक २१ गते बैंकको केन्द्रीय कार्यालयको प्राङ्गणमा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीको संयोजकत्वमा गठित अतिरिक्त कृयाकलाप उपसमितिले लायन्स क्लव अफ बैंकर्स तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य दाताहरु समेत ८९ जनाले रक्तदान दिएका थिए । उक्त रक्तदान कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले नेपालको फ्ल्यागशीप बैंकको रुपमा रहेको यस बैंकले आफ्ना ग्राहकहरुको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै सहुलियत पूर्ण तथा प्रतिष्पर्धि ब्याजदरमा कर्जा लगानी गर्दे आउनुका साथै बिभिन्न निक्षेप खाताहरुमा Mobile Banking, Internet Banking, Demat Account, Mero share, C-ASBA / VISA Debit कार्ड निःशुल्क प्रदान गरिएको जानकारी गराउनुभयो ।

८४औ बार्षिकोत्सवका अबसरमा बैंकद्वारा थप १२ शाखा तथा २ एक्स्टेन्सन काउण्टरहरु मार्फत सेवा बिस्तार गर्दैछ ।

रक्तदानका साथै बैंकद्वारा ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा अन्य बिभिन्न कार्यक्रमहरु जस्तै टेलिभिजनमा आर्थिक बहस कार्यक्रम, आर्थिक लेखहरुको बिशेषङ्क प्रकाशन, बैंकको डकुमेण्ट्री प्रसारण आदी कार्यक्रमहरु समेत संचालन गर्दैछ ।

बिक्रम संम्वत् १९९४ कात्र्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापनाभई नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुबिधाहरुउपलब्ध गराउदै आइरहेको छ

Ad