Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वाणिज्य बैंकको भन्दा धेरै व्याजमा फाइनान्स र विकास बैंकले ऋणपत्र बिक्री गर्दै

२०७७ कार्तिक २२ गते

बैंकिङ खबर । धितोपत्र बजारमा २२ अर्ब ८० करोड रुपैयाँ बराबरको वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संस्थागत ऋणपत्र पाइपलाइनमा छ । यतिबेला वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी ऋणपत्र निष्कासन गर्ने चटारोमा छन् । वाणिज्य बैंक भन्दा बढी ब्याज दिएर फाइनान्स कम्पनी र विकास बैंक ऋणपत्र निष्काशन गर्ने तयारीमा छन्। ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ‘८.५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाम गरेको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि भाद्र २९ गते सोमबार सेबोनमा निवेदन पेश गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल लिमिटेडले गर्नेछ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ७ वर्ष अवधिको लागि ४ अर्ब रुपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाम गरेको ४० लाख कित्ता ऋणपत्र निष्कासनको तयारीमा छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । मञ्जुश्री फाइनान्सले ८ वर्ष अवधिको लागि ५० करोड रुपैयाँ बराबरको ‘९.५ प्रतिशत, ८ वर्ष डिबेन्चर २०८५’ नाम गरेको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन पेश गरेको छ । जसमध्ये फाइनान्सले सर्वसाधारणका लागि २ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, फाइनान्सको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । सेञ्चुरी कमर्सियल बैंकले १० वर्ष अवधिको लागि२ अर्ब २० करोड रुपैयाँ बराबरको ‘९ प्रतिशत, १० वर्ष सेञ्चुरी डिबेन्चर २०८७’ नाम गरेको २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख ८० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १३ लाख २० हजार कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

कामना सेवा विकास बैंकले १० वर्ष अवधिको लागि १ अर्ब रुपैयाँ बराबरको ‘१० वर्ष, ९.५ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाम गरेको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । प्राइम कमर्सियल बैंकले ८ वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाम गरेको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नलागेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । सानिमा बैंक लिमिटेडले १० वर्ष अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ‘१०.२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ निष्कासन गर्नका लागि गत पुस २७ गते सेबोनमा निवेदन पेश गरेको हो । १०.२५ प्रतिशत व्याजदर रहेको ४० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले १० वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको “१०.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६” निष्कासन गर्नका लागि गत माघ १ गते सेबोनमा निवेदन पेश गरेको हो । १०.२५ प्रतिशत व्याजदर रहेको ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । त्यस्तै, बैंक अफ काठमाण्डू लिमिटेडले १० वर्ष अवधिको लागि १ अर्ब ६० करोड रूपैयाँ बराबरको “१०.२५ प्रतिशत डिबेन्चर २०८६” निष्कासन गर्ने भएको छ । बैंकको १०.२५ प्रतिशत व्याजदर रहेको १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

Ad