Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकले संचालनमा ल्यायो ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’

२०७७ कार्तिक २१ गते

बैंकिङ खबर । सिद्धार्थ बैंकले व्यवसायीक कृषि तथा पशुपालन कर्जा योजना संचालनमा ल्याएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यका साथ ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएका हो । कृषि क्षेत्रको विकासलाई मध्यनजर गर्दै बैंकले १० करोड रुपिँया प्रवाह जनाएको छ । साथै, कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने बैंकको विश्वास छ । यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा ग्राहक समक्ष ल्याईएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो । कर्जाको लागि आवेदन दिन इच्छुकले बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सक्नेछन् ।

Ad