Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना विकास बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ?

२०७७ कार्तिक २१ गते

 

बैंकिङ खबर । कामना विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक २१ गतेदेखि लागू गर्ने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकको साधारण १७ वटा बचत खातामा न्यूनतम १ दशमलव ७५ देखि अधिकतम ५ दशमलव ५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । त्यस्तै, मुद्दती निक्षेपमा न्यूनतम ६ दशमलव ५० देखि अधिकतम ९ प्रतिशत व्याजदर कायम गरेको छ । बैंकले व्याक्तिगत कर्जाको लागि १३ दशमलव ४९ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने, र अन्य कर्जामा १४ दशमलव ५६ प्रतिशतमा कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकको आधारदर भने ९ दशमलव ५६ प्रतिशत  रहेको छ । 

Ad