Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

तिनाउ मिसन डेभलपमेण्ट बैंकले पठायो शेयरधनीको खातामा बोनस शेयर

२०७७ कार्तिक २१ गते

बैंकिङ खबर । तिनाउ मिसन डेभलपमेण्ट बैंकले शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले असार २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १२ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाएको हो । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुँदा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हितग्राही खातामा बोनस शेयर कात्तिक १९ गतेदेखि पठाउन शुरु गरेको कम्पनीले बताएको छ । साथै असार ३१ गतेपछि शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले बोनस शेयर बापत लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने हुँदा कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा हुने पनि कम्पनीले बताएको छ । शेयर रजिष्ट्रारमा सिद्धार्थ कयापिटल लिमिटेड रहेको छ ।

Ad