Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

विकास बैंक र फाईनान्स कम्पनीले पनि बिक्री गर्न थाले ऋणपत्र, ब्याजदर वाणिज्य बैंकको भन्दा धेरै !

२०७७ कार्तिक २० गते

बैंकिङ खबर । विकास बैंक र फाईनान्स कम्पनीले ऋणपत्र निष्काशनको लागि नियामक निकाय नेपाल घितोपत्र बोर्डमा अनुमति माग्न थालेका छन्। हालसम्म राष्ट्र बैंकको नीतिअनुसार वाणिज्य बैंकहरुले ऋणपत्र बिक्री बढाइरहेको बेला विकास बैंक र फाइनान्स कम्पनीहरु

समेत ऋणपत्र निष्काशनको तयारीमा जुटेका हुन्। कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ र मन्जुश्री फाईनान्स लिमिटेडले ५ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छन्। बैंक र फाईनान्स कम्पनीले ऋणपत्र निश्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन

दिइसकेको छ। यसअघि वाणिज्य बैंकहरुले ऋणपत्र निष्काशन गर्न थालेका थिए। यतिबेला फाइनान्स कम्पनीसँगै विकास बैंकहरु पनि अब ऋणपत्र निष्काशनमा अघि बढ्न थालेका छन्। कामना सेवा विकास बैंक र मञ्जुश्री फाईनान्सले ९.५ प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्री गर्न बोर्डमा आवेदन दिएको हो। कुल १ अर्ब रुपैयाँमध्ये ४० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा बिक्री गर्न लागेको हो भने ६० करोड रुपैयाँको ऋणपत्र ब्यक्तिगत तवरबाट बैंकले बिक्री गर्ने छ। अन्य विकास बैंकहरूले पनि अब ऋणापत्र बिक्री गर्ने तयारी गर्न थालेका छन्। बोर्डमा भने हालसम्म कामना सेवा विकास बैंकले मात्र आवेदन दिएको छ। यता,वाणिज्य बैंकहरूले पनि अहिले ऋणपत्र बिक्री बढाइरहेका छन्। हाल बोर्डमा ७ वटा बैंकले ऋणापत्र जारी गर्न आवेदन दिएका छन् प्राइम कमर्शियल बैंकले पनि कार्तिक १४ गते मात्र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डमा आवेदन दिएको छ। बैंकले बिक्री गर्न लागेको ८ वर्ष अवधिको उक्त ऋणपत्रको ब्याजदर ८.७५ प्रतिशत रहेको छ। बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर घटेसँगै ऋणपत्रको ब्याजदर समेत घटाएका थिए। साढे १० प्रतिशतसम्मको ब्याजदरमा ऋणपत्र बिक्री गर्दै आएका बैंकहरुले निक्षेपको ब्याजदर घटेसँगै ऋणपत्रको ब्याजदर पनि घटाएर साढे ८ प्रतिशतसम्म झारेका थिए। अहिले विकास बैंकहरुले वाणिज्य बैंकले भन्दा केही बढी ब्याज दिएर ऋणपत्र निश्काशन गर्ने तयारीमा लागेका छन्।

Ad