
बैंकिङ खबर । एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० दशमलव ५३ प्रतिशत लाभांश दिने प्रस्ताव अधि सारेको छ । बैंको बुधवार बसेको सञ्चालक समितिको बैठकले आव २०७६ /७७ को सञ्चित मुनाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेको हो । कम्पनीले कर प्रयोजनका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले अघिल्लो वर्ष २० प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी २५ प्रतिशत लाभांश दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू ८ अर्ब ४७ करोड २ लाख ६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले उक्त लाभांश प्रस्ताव गरेको हो ।
