
बैंकिङ खबर । प्राइम कमर्शियल बैंक र कामना विकास बैंक ऋणपत्र निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई बटै बैंकले ऋणपत्र निष्काशनको अनुमति माग्दै कार्तिक १४ गते बोर्डमा आवेदन दिएका हुन् । प्राइम कमर्शियल बैंकले १ हजार अंकित दरका ३५ लाख कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस मध्ये १अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने २अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
कामना विकास बैंकले १ हजार अंकित दरका १० लाख कित्ता बराबरको १ अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस मध्ये ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक चयन गरेको छ । यी दुई वटै बैंकले धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र ऋणपत्र निष्काशन गर्ने छन् ।