Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ऋणपत्र निष्कासन गर्न अनुमति माग्दै बोर्डको ढोकामा पुग्यो कामना सेवा विकास बैंक !

२०७७ कार्तिक १९ गते

बैंकिङ खबर। कामना सेवा विकास बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो । बैंकले १ हजार अंकित दरका १० लाख कित्ता बराबरको १ अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस मध्ये ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक चयन गरेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ।

Ad