नमस्ते वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ करोड १४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो मुनाफा अघिल्लो वर्षको तुलनामा ४५ दशमलव ५५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा उक्त संस्थाले ७८ लाख रुपैयाँ कमाएको थियो ।
निक्षेपमा ४७ दशमलव १५ प्रतिशतको वृद्धि गरी ४० करोड ६९ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा २५ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी २६ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ४१ दशमलव २२ प्रतिशतले वृद्धि गरी १ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।
संस्थाको निस्कृय कर्जा शुन्य दशमलव ४४ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १७ दशमलव ३६ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक ३० दशमलव ४४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३१ दशमलव ५४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४८ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात ५१ दशमलव ५० प्रतिशत रहेको छ ।




