भिबोर विकास बैंकले गत आर्थिक बर्षमा २० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा २८ दशमलव ६० प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १५ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
९१ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोष २ करोड रुपैयाँले नकारात्मक रहेको छ । बैंकले यसवधिमा ६ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब २८ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद व्याज आम्दानी, संचालन मुनाफा प्रगती गरेको बैंकले १० करोड १० लाख रुपैयाँ खराब कर्जा उठाएको छ । हाल बैंकको खराब कर्जामा ०.७९ प्रतिशत रहेको छ । बैंकले प्रोभिजनमा ३ करोड १२ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक २२.२१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६.८४ गुणा, प्रतिशेयर नेटवर्थ ९७.४७ रुपैयाँ र तरलता अनुपात २९.०७ प्रतिशत रहेको छ ।


