Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मनास्लु विकास बैंकको नाफा ४ करोड ४२ लाख

admin २०७३ श्रावण १८ गते
सेयर:

manasluमनास्लु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको भन्दा ७९ दशमलव २९ प्रतिशतले बढी नाफा कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

१८ करोड ३५ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ५ करोड ४७ लाख रुपैयाँ रहेको छ । निक्षेपमा ५८ दशमलव ११ प्रतिशत वृद्धि गरी २ अर्ब १२ करोड ५६ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४६ दशमलव ०९ प्रतिशत बढाएर १ अर्ब ६१ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४३ दशमलव ६२ प्रतिशतले बढेर ९ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८१ दशमलव ५८ प्रतिशतले बढेर ६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ५० लाख रुपैयाँ राखेको छ ।

बैंकको जोखिमयुक्त सम्पत्ति १४ दशमलव १५ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव २० गुणा, प्रतिशेयर नेटवर्थ १ सय २९ दशमलव ८६ रुपैयाँ र तरलता अनुपात ३५ दशमलव ३१ प्रतिशत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।