October 23rd, 2020

सिद्धार्थ बैंकद्धारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले २०७७ कार्तिक ६ गते बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई रू १,३०,०००/-(एक लाखतिस हजार रूपैयाँ) सहयोग प्रदान गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीको ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गर्नुभएको हो ।
बैंकबाट प्राप्त रकम मनमोहन स्मृति सामुदायिक अस्पतालले बिरामी कुरुवा बेड खरिद गरी कुरुवा मैत्री अस्पताल बनाउनकालागि उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका बिरामी तथा बिरामी कुरुवालाई केही हदसम्म भएपनि सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमापनि यसलाई निरन्तरता दिदै जाने जनाएको छ ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]