October 24th, 2020

अन्तर्राष्ट्रिय मुद्रा बजारमा कम्जोर नेपाली मुद्राको अबस्था

उदिप लुइटेल-

साधारण शब्दमा मुद्रा भन्नाले नगदको रूपमा चलनचल्तीमा रहेको बैंक नोट बुझिन्छ । तर विदेशी विनिमय ऐन २०१९ अनुसार  मुद्रा भन्नाले सबै किसिमको करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक, ड्राफ्ट, ट्राभलस चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्ड सम्झनुपर्छ र सो शब्दले बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएका अन्य यस्तै प्रकारका मौद्रिक उपकरण समेतलार्ई जनाउँछ ।

हरेक देशले आ-आफ्नो मुद्रा प्रचलनमा ल्याएको छ। कुनै देशले मुद्राको प्रचलन आफ्नो देशमा मात्र सिमित नगरी अन्तर्राष्ट्रिय रूपमा पनि प्रचलनमा ल्याउने गर्दछन\ । बिश्वको कुनै पनि देश सबै क्षेत्रमा आत्मनिर्भर छैन। कुनै देश केहि बस्तु सस्तोमा उत्पादन गर्न सफल हुन्छ भने त्यही बस्तु अन्य देशहरुलाई उत्पदन गर्न महंगो परीरहेको हुन सक्छ । यस्तो अवस्थामा  सस्तोमा सामान उत्पादन गर्ने देशले अन्य देशहरुलाई सामन निर्यात गर्दछ र अन्य देशमा सस्तोमा उत्पादन भएको सामानहरु आयात गर्ने गर्दछ । यसरी नै विश्वको अर्थतन्त्र चलीरहेको छ तर यसरी सामान निर्यात, आयात गर्दा विनिमय निती लागु गरिन्छ । विनिमय नीति एकअर्का देशबीच मुद्रा साटासाटसँग सम्बन्धित हुन्छ। हाल नेपालमा विदेशी विनिमय ऐन २०१९ लागु भइरहेको छ ।

नेपाली र भारतीय मुद्राको सम्बन्ध

वि.स. २०१३ साल बैशाख १४ गते नेपाल राष्ट्र बैंक (नेपालको केन्द्रिय बैंक ) स्थापना भयो । स्थापनाको ३ बर्षपछी बि.स. २०१६ साल फाल्गुन ७ गते नेपाल राष्ट्र बैंकले रु ५,१० र १०० को नोट निस्कासन गर्‍यो । नेपाली मुद्राको न्यून आपूर्ति, तराई क्षेत्रका बासिन्दा भारतीय मुद्राकै प्रयोगमा अभ्यस्त लगायत कारणले उक्त अवधिमा दुबै देशको मुद्रा प्रचलन रहेको पाइन्छ। बि.स.२०१६ साल पछी नेपाल राष्ट्र बैंकको प्रमुख उदेश्य नेपालमा भारतिय नोटलाई विस्थापित गरी नेपाली नोट चलन चल्तीमा ल्याउनु थियो । फलस्वरुप २०१७ वैशाखमा पहिलो पटक भारु १०० को नेपाली रुपैयाँ १६० विनिमयदर निर्धारण गरिएपछि भारतीय मुद्राको कारोबारले फरक रूप लिन थाल्यो । बैंक तथा वित्तीय संस्थाहरूले औपचारिक रूपमा मुद्रा विनिमय गर्न थाले र नेपाली मुद्राको प्रचलन पनि बढ्दै गयो ।विदेशी विनिमय नियन्त्रण गर्ने ऐन २०१९ को वि.स. २०२३ बाट पूर्ण रूपमा कार्यान्वयन पछि नेपालभर नेपाली रूपैयाँ मात्र कानुनी रूपमा सन्चालन हुने व्यवस्था भएको हो। नेपालमा ५४ बर्षको अवधीमा भारतीय मुद्रासँगको विनिमय दरमा आठ पटक पुनरावलोकन गरियो । हाल कायम १०० भारतीय रुपैयाँ खरीद गर्दा १६० रुपैयाँ तिर्नुपर्ने विनिमय दर २०४९ फागुनमा निर्धारण गरिएको हो ।

२०७६ पौष २७ गते १ अमेरिकी डलरबराबर नेपाली रुपैयाँ ११३ र पैसा ८ थियो । २०७७ बैशाख ९ मा हालसम्मकै सबैभन्दा तल्लो बिन्दु १ सय २३ रुपैयाँ ६ पैसा पुग्यो । यस हिसाबले ६ महिनाको अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ९ प्रतिशतले अवमूल्यन भएको छ । सुन्दा अचम्म लाग्न सक्छ तर नेपाली रुपैयाँ आफ्नै कारणले कमजोर भएर वा नेपालको अर्थतन्त्रका परिसूचक नकारात्मक भएर भने यस्तो भएको होइन ।

नेपाली रुपैयाँ र भारतीय रुपियाँबीच विगत २८ बर्ष देखी देखि स्थिर विनिमयदर प्रणाली (pegged exchange rate )को कारणले गर्दा हो, जस्ले गर्दा भारतिय अर्थतन्त्रमा आएको खराबीको कारण भारतीय र नेपाली मुल्यको अन्तराष्ट्रिय बजारमा गिरावट आउँदछ ।

भारतीय मुद्राकमजोर हुनुको  कारण

अन्तरास्ट्रिय बजारमा कुन देशको मुद्राको मुल्य कति बलियो छ भन्ने कुरा त्यस देशको मुद्राको क्रयशक्तिले देखाउछ । मानौ एउटा चाउचाउ अमेरिकामा १ डलरमा आउछ र भारतमा त्यो चाउचाउ रु १५० पर्छ भने भारतिय मुद्राको क्रयशक्ति कमजोर छ भन्ने बुझिन्छ। मुद्राको क्रयशक्तिलाई धेरै विषयले प्रभाव पार्ने भएकोले सबै देशका मुद्राको क्रयशक्ति समान हुँदैन ।

भारतीय मुद्रा डलरको तुलनामा कमजोर हुँदै जानुमा पनि विभिन्न कारण छन् :

१) बढदो ब्यापार घाटा : निर्यात भन्दा आयात बढी हुनुलाई ब्यापार घाटा भनिन्छ। आयातमा वृद्धि, इन्धन उपभोगमा वृद्धि जस्ता कारणले भारतको व्यापार घाटा विगत पाँच वर्षदेखि ठूलो आकारमा बढिरहेको छ । सन २०१७/१८ मा १५७ अर्ब डलर ब्यापार घाटा भएको थियो जुन स.न. २०१२/१३ पछीको सबै भन्दा बढी हो । श्रोत (जागरन जोशी वेबसाइट  )

२) अमेरिका र चिन बिच बढदो ब्यापार युद्ध : अमेरिकि राष्ट्रपती डोनल्ड ट्रम्पले आफ्नो देशको बढदो  ब्यापार घाटा कम गर्न चीन, भारत, र अन्य युरोपेली मुलुकबाट आयात हुने सामानमाराजस्व बढाउने निर्णय लिए जस्ले गर्दा यी देशहरुले पनि अमेरिकाबाट आयात हुने बस्तुहरुमा भन्सार बढाउदा अमेरिकासँगको ब्यापार घाटा झन बढन गयो फलस्वरूप भारतीय बजारमा डलरको माग उच्च हुँदै गयो ।

३) बढदो इन्धनको माग : भारतले कुल इन्धन माग को २० प्रतिशत मात्र भारत मा उत्पादन गर्दछ बाँकी ८० प्रतिशत आयतमा निर्भर पर्दछ । भारतको एक संस्थाले गरेको अध्ययन अनुसार सन् २०१८ मा भारतमा इन्धनको माग तथा उपयोग झण्डै दोब्बर बढेर दैनिक एक लाख ९० हजार ब्यारेल पुगेको थियो । सन २०१८/१९ माइन्धनको माग २४ प्रतिशतले j[l4 हुने देखिन्छ । इन्धनमा भएको मूल्यवृद्धि र अत्यधिक खपतका कारण अमेरिकी डलरको माग बढेर भारतीय बजारमा भारतीय मुद्राको अवमूल्यन भएको हो । श्रोत: (जागरन जोशी वेबसाइट  ) 

४) बिदेशी मुद्रा बाहिरिनु : बिदेशी लगानी को लागि भारत उपयुक्त देश हो , तर भारत भन्दा अन्य देशको बजार लगानी योग्य देखेपछी सन २०१८ मा मात्र ४८००० करोड भारतीय बजारबाट बाहिरिएको छ । जुन १ दशक यताकै सबैभन्दा बढी रकम बाहिरिएको हो । श्रोत: (जागरन जोशी वेबसाइट )

५) कोभिड-१९ : कोभिड-१९ को कारण पुरै बिश्वको अर्थतन्त्रमा ठुलो गिरावट आएको छ । कोभिड-१९ संक्रमणको आधारमा अमेरिका पहिलो स्थानमा छ भने भारत छैठौं स्थानमा छ तर पनि डलरको भाउ बढदै गइरहेको छ । भारत लगायत अन्य देशको अर्थतन्त्र बलियो भएको भए अमेरिकि डलर अवमुल्यन हुने थियो तर कोभिड-१९ को कारण समग्र बिश्वको अर्थतन्त्र प्रभावित भएको कारण नराम्रो मध्ये राम्रो छान्नु पर्ने भएकोले अमेरिका नै अगाडी रहेको छ । जस्को कारण उधोग कलकारखाना ठप्प छ, मुद्रास्फ्रिती बढ्दो अवस्थामा छ ।

 

नेपालमा यस्को असर

भारितय मुद्राको अवमुल्यन हुँदा नेपालमा त्यस्को साकारात्मक र नकारात्मक दुवै असर पर्ने गर्दछ ।

 सकारात्मक

हाल विश्वमा करिब ४० लाख भन्दा बढि नेपाली वैदेशिक रोजगारिमा छन। रेमिटेन्स नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । रेमिटेन्स बिदेशी मुद्रामा प्राप्त हुने हुँदा यसले प्रतक्ष रूपमा रेमिटेन्स प्राप्त गर्ने ब्यक्तीलाई फाईदा पुर्याउछ । मानौ १ नेपाली बैदेशीक रोजगारीको लागि कतार गए । अहिले १ रियाल बराबर  ₹३० भारतीयरुपया छ र नेपाली रु ४८ (३०*१.६)। भारतिय मुद्राको अवमुल्यन हुँदा नेपालको मुद्राको पनि अवमुल्यन हुन्छ (pegged exchange rate ) भएको कारण। अब भारतिय मुद्रा अवमुल्यन भइ १ रियाल बराबर  ४० रुपैँया भयो र नेपाली मुद्रा रु ६४ (४०*१.६ ) भयो । भारतिय मुद्राको अवमुल्यन हुनु पूर्व कतार बाट १००० रियाल नेपाल पठाउदा नेपाली रु ४८००० पाइन्थीयो तर भारतिय मुद्राको अवमुल्यन पस्चात १००० रियाल नेपाल पठाउदा नेपाली रु ६४००० प्राप्त हुन्छ । तसर्थ भारतिय मुद्राको अवमुल्यन हुँदा रेमिटेन्स प्राप्त गर्ने ब्यक्तीलाई फाईदा पुर्याउछ ।

नकारात्मक

भारतिय मुद्राको अवमुल्यन हुँदा नेपालमा त्यस्को साकारात्मक भन्दा नकारात्मक असरधेरै देखिन्छ । नेपालको अर्थतन्त्र निर्यातमुखी भन्दा आयतमुखी भएको हुनाले यसले बढी प्रभाबित पार्दछ । नेपालमा पर्यटकको संख्यामा वृद्धि भएतापनी उनिहरुको बसाइ छोटीएको कारण बिदेशी मुद्रा संचितमा समेत कमी आएको छ । पछील्लो पांच बर्षमा बस्तु आयातको वृद्धिदर १५.२ प्रतिशत र निर्यात वृद्धिदर २ प्रतिशत रहेको छ ।

२०७६ चैत्र देखी २०७७ बैशाख सम्ममा रु ७ अर्बको निर्यात र रु १०० अर्ब ९० करोडको आयात भएको छ। यसले विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष असर पार्दछ । ( श्रोत : नेपाल राष्ट्र बैंक )

२०७६ चैत्र देखी २०७७ बैशाख सम्ममा रु ७ अर्बको निर्यात र रु १०० अर्ब ९० करोडको आयात भएको छ। यसले विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष असर पार्दछ । ( श्रोत : नेपाल राष्ट्र बैंक )

नेपाली उधोगहरुले अधिकांश कच्चा पदार्थ बिदेशवाट आयात गर्ने र भुक्तानी डलरमा गर्ने भएकोले आन्तरिक उत्पादनमा पनि मूल्य बढ्ने र देशमा मुद्रास्फिर्ती बढ्न जान्छ । आर्थिक बर्ष २०७६/७७ वार्षिक औषत उपभोक्ता मुद्रास्फिती ६ प्रतिशत मा राख्ने लक्ष्य रहेकोमा पहिलो ९ महिनामा औसत उपभोक्ता मुद्रास्फिर्ती ६.५ प्रतिशत रहेको छ । ( श्रोत : नेपाल राष्ट्र बैंक ,मौद्रिक निती २०७६/७७ तेश्रो समिक्षा )
विदेशबाट ऋण लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै बढी रकम तिर्नुपर्छ । आर्थिक बर्ष २०७५/७६ मा प्रती नेपाली ऋण रु ३६००० पुगेको छ । विदेशमा औषधी (उपचार, अध्ययन, भ्रमण लगायतमा जानेहरूको लागत महँगो पर्छ ।)

( लेखक हाल नेपाल बैंक लिमिटेडमा कार्यरत छन् )


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]