बैंकिङ खबर / प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले तत्कालीन सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो। निर्णयअनुसार माघ २० गतेदेखि लागू हुने गरी शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरिएको छ।


