October 23rd, 2020

कात्तिक ११ गतेसम्मका लागि बैंकका सबै शाखाहरु बन्द

बैंकिङ खबर । बैंकहरु प्राय सबैदिन खुल्ने गर्दथे । तर यो पटक कोभिडका कारण बैंकिङ क्षेत्रको सेवा पनि प्रभावित भयो । ३ सय ६५ दिन नै खुल्ला भनेर टाँसीएका बोर्डहरुले कोभिडकै कारण यसपटक माफी माग्नुपर्ने अबस्था सृजना भयो । बैंकर्स संघले दशैं विदामा बैंकका शाखाहरु बन्द निार्णय गरेसँगै अब बैंकका शाखाहरु कात्तिक ११ गते खुल्नेगरी बन्द भएका छन् । नेपाल बैंकर्स संघले सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने भन्दै डिजिटल मार्फत कारोबार गर्न अनुरोध गरेको छ । बैंकर्स संघले एटीएम मार्फत भने सेवा पूर्ण रुपमा सुचारु रहने उल्लेख गरेको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमण बढेसँगै समस्याहरु थपीएका छन् । हालसम्म वाणिज्य बैंकका ३ हजार ७ सय बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यसबाहेक विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त क्षेत्रमा कार्यरत गरि करिव ७ हजार बढी कोरोना संक्रमणमा छन् । जसकारण बैंकिङ क्षेत्रले कार्यालय संचालन गरेर सेवा सुचारु राख्न समेत कठिनाई उत्पन्न भएको छ । बीमा र पँुजीबजार क्षेत्र पनि कोरोनाका कारण ग्रस्थ बनेको छ । दशै अवधिभर बीमा क्षेत्र पनि बन्द रहने बीमा समितिले जनाएको छ । कुनै घटना घटेमा टेलिफोन तथा इन्टरनेटको माध्यमबाट डिजिटल सेवा भने सुचारु राखिने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]