October 23rd, 2020

बङ्गलादेश बैंकद्वारा मुस्कान सेवा नेपाललाई सहयोग

नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, सिपाडोल वडा नं ८, सूर्यविनायक, भक्तपुर स्थित मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैँया रकम हस्तान्तरण गरेको छ । सो अनाथालयमा हाल ५ छात्र तथा ७ छात्राहरु आश्रित छन् । नेपाल बङ्गलादेश बैंकको केन्दि«य कार्यालयमा एक कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द« भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी गुरुङ्गलाई सो रकम हस्तान्तरण गरिएको थियो । गएको करिब दुई वर्षमा धेरै पटक डेरा सर्न परेकोले सिपाडोल वडा नं ८, सूर्यविनायक, भतmपुर स्थित संस्थाले आफ्नै भवन निमार्ण गरिरहेको छ । सोही भवन निमार्णका लागि नै उक्त रकम प्रदान गरिएको हो ।
साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैँकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैँक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]