October 22nd, 2020

कुलानन्द स्मृति सर्बप्रथम पुरस्कार स्थापना

बैंकिङ खबर । प्रहरी निरिक्षकको खुल्ला प्रतियोगितामा प्रथम हुने उमेद्वारलाई स्व.कुलानन्द स्मृति पुरस्कार दिइने भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरंजीबि नेपालका बुवा स्व. कुलानन्द ठाकुर नेपालको नाममा सो पुरस्कार स्थापना गरिएको हो । स्व कुलानन्द स्मृती प्रथम पुरस्कारमा नगद र कदर पत्र प्रदान गरिने छ । स्व. कुलानन्द स्मृती अक्ष्यकोष नेपाल प्रहरी राष्ट्रिय प्रहरी प्रशिक्षणमा स्थापना गरिएको हो । स्व. कुलानन्द ठाकुर नेपाल पहिलो प्रहरी निरिक्षक २०१५ सालमा खुल्ला प्रतियोगितामा लिखित तथा प्रशिक्षणमा सर्वप्रथम हुनुभएको हुँदा उक्त अक्ष्यकोष प्रहरी प्रशिक्षण प्रतिष्ठानमा खडा गरिएको हो । आगामी दिनमा प्रहरी निरिक्षकको खुल्ला प्रतियोगितामा प्रथम हुने व्याक्तिले स्व. कुलानन्द स्मृति प्रथम पुरस्कार प्राप्त गर्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]