नबिल बैंकका अध्यक्ष पौड्यालद्धारा शपथ ग्रहण

 

बैंकिङ खबर । नबिल बैंकको नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सपथ ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पौड्याललाई बुधबार आयोजित एक भर्चुअल समारोह बीच शपथ ग्रहण गराउनु भएको हो । उक्त शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्च पदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनु भएको थियो ।

 


सोसिअल मेडिया