Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘बिओके स्मार्ट’को डिजिटल दक्षिणा अन्तर्गत तीन सय नगद उपहार

२०७७ कार्तिक ५ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डूले बडा दशैंको उपलक्ष्यमा आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणामा तीन सय सम्मको नगद उपहार योजना ल्याएको छ । कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा तीन सय रुपैयाँ उपहार पाइनेछ  । त्यसका लागि बैंकका ग्राहकले बिओके स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणास्वरुप रकम पठाउनु पर्नेछ। दक्षिणावापत रकम पठाउनेको खातामा बैंक अफ काठकाण्डूबाट ३ सय रुपैयाँ नगद व्यबस्था गरिएको छ। यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम १ हजार रुपैयाँ दक्षिणास्वरुप रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ।

 

Ad