बैंकिङ खबर । हामीलाई प्राप्त दर्जनौ ती पीडीत व्यक्तिहरुका पीडामध्येको एउटा व्यथा आजको प्रकाशनमा समेटेका छौं । जसमा एनआईसी एशिया बैंकले राम्रो घर कव्जा गर्ने रणनीति बनायो । बैंकले लकडाउनकै बेला ऋण तिर्न व्यबसायीलाई बारबार फोन गर्ने र पत्र काट्ने गरेर टर्चर दिएको थियो ।
एनआईसी एशिया बैंकले पुनरकर्जा दिएर संरक्षण गर्नुपर्ने (ऋणी) उद्यमीलाई उठीबास लगाउनेगरी घर लिलामको पत्र थमाएको छ । जसको तनावमा यी उद्यमी यतिबेला ठुलो पीडामा परेका छन् । एकातिरको राष्ट्र बैंकको निर्देशन र अर्कातिर बैंकको व्यबहार उनले प्रत्यक्ष भोगेका छन् । बैंकले पुनरकर्जा दिनुपर्ने ग्राहकहरुलाई राम्रो घर देखेरै लिलामको प्रकृया भकाभक अगाडि बढाएको छ । बैंकका शाखा प्रमुखले बैंकिङ खबरसँग भने ‘माथिबाट निर्देशन आउँछ, केन्द्रीय कार्यालयको निर्देशन मान्नै पर्छ, नत्र जागिर जान्छ, लिलाम प्रकृया अगाडि बढाउँदा विरोध हुन्छ, तर हामी बाध्य छौं’
पीडीतका अनुसार बैंकले पाल्पामा एक व्यबसायीलाई २०७७ असार मसान्तसम्मको सबै व्याज चुक्ता गर्दा पनि सिधै घर लिलामीको पत्र काटेको छ । पीडीत व्यवसायीले भने ‘साउन र भदौको किस्ता बाँकी छ, लामो समय व्यबसाय बन्द भयो, राष्ट्र बैंकले भाका सार्न दिएको सुविधा हामीले पाएनौं’ उनले बैंकबाट ऋण लिएका कारण ऋण रोक्ला भन्ने डरले बैंकले गरेको अपराध विरुद्ध बोल्न नसकेको बताए । उनको व्यबसायमा २ महिना विद्युत आपूर्तीमा समस्या आउँदा थप समस्या खेप्नु परेको थियो । बैंकलाई उक्त कुराको जानकारी दिँदा प्रमाण मागेपछि सम्बन्धित निकायको प्रमाण बोकेर उनी बैंकसम्म पुगे । तथापि बैंकले कुनै कुराको सुनुवाई नगरेर एकपक्षिय रुपमा पत्र काटेको बताउँदै उनले आफू निकै तनाबमा भएको बताएका छन् । बैंकले ऋण तिर्न सक्दैन भनेर होइन, घर कव्जा गर्ने रणनीति बनाएर यस्तो गरेको हो ।’ उनका छिमेकी कृष्ण प्रसाद श्रेष्ठले भने –‘घर लिलामी गर्ने बैंकको उदेश्य देखियो, कर्जाका लागि त थप धितो राख्न समेत उहाँ तयार हुनुहुन्छ ।’
पीडीतले उद्योग बन्द हुँदा र विद्युत आपूर्ती बन्द हुँदा समेत बैंकले एकोहोरो टर्चर दिएको बताए । कोरोना प्रभावका कारण समस्या उत्पन्न भएको तथा बैंकलाई बारबार अनुरोध गर्दा समेत बैंकले वेवास्ता गरेको पीडीतले बताए । पैसा तिर्छु, काम गर्न देउ भन्दै अहिले पीडीत व्यक्ति एनआईसी एशिया बैंकको हेड अफिस र राष्ट्र बैंक धाएका छन् ।
