October 21st, 2020

पोखरा फाइनान्सको थप नयाँ शाखा मणिग्राममा

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५, मणिग्राममा थप नयाँ शाखा संचालनमा ल्याएको छ । थप नयाँ शाखा विस्तारसंगै फाइनान्सले २२ औं मणिग्राममा शाखा संचालनमा ल्याएको हो । संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको निमित्त विभिन्न जिल्लाहरुमा शाखा विस्तार गर्दै आइरहेको छ । मणिग्राममा संचालन शाखामार्फत् संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकि∙, सिआस्वा, आइपिएस, चेक क्लिअरिड्ड, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवाहरु प्रवाह गरिने संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए । हाल फाइनान्सको चुक्ता पुँजी रु. ९१.७२ करोड, निक्षेप रु. ८ अर्व ३७ करोड तथाकर्जा लगानी रु. ७ अर्व २ करोड एवं जगेडा कोषमा रु. ३१.५१९ करोड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]