October 21st, 2020

गभर्नर अधिकारी आईएमएफ र विश्व बैंक समूहको संयुक्त वार्षिक बैठकमा सहभागी

गभर्नर महा प्रसाद अधिकारी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको संयुक्त वार्षिक भर्चुअल बैठकमा सहभागी भएको छ ।  गभर्नर अधिकारीले सन् २०२० अक्टोबर १२ देखि १८ सम्म आयोजित वार्षिक वैठकमा सहभागिता जनाउनुभएको हो । सो अवसरमा गभर्नर अधिकारीले अक्टोबर १३ मा आईएमएफका Deputy Managing Director, Tao Zhang सँग कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका विषयमा छलफल गर्नुभयो । साथै, कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको विषयमा समेत उहाँले चर्चा गर्नुभयो । सोही दिन उहाँले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका  Vice President, Alfonso Garcia Mora  सँग छलफल गर्नुभयो । सो अवसरमा Vice President, Alfonso Garcia Mora  ले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनर्संरचना, वित्तीय क्षमताको अभिवृद्धि, जलविद्युत् क्षेत्रमा लगानी, Development Policy Credit (DPC), स्वदेशी मुद्रामा बण्ड जारी गर्नेलगायतका विषयमा चासो प्रकट गर्नुभयो ।

अक्टोबर १५ मा आयोजित Plenary Session र ‘Toronto Centre Roundtable Discussion’  मा समेत गभर्नर अधिकारीले सहभागिता जनाउनुभयो । यसै गरी, गभर्नर अधिकारीसँग अक्टोबर १६ को भर्चुअल साइड मिटिङको अवसरमा आईएमएफका South East Asia Voting Group (SEAVG), Executive Director, Alisara Mahasandana र Alternative Executive Director, Keng Heng Tan ले विश्वव्यापी महामारीको रूपमा देखिएको कोभिड–१९ ले नेपालको आर्थिक स्थिति र मानव स्वास्थ्यमा परेको असरबारे जानकारी गराउनुभयो । सोअवसरमा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा.गुणाकर भट्टले आईएमएफको Monetary and Capital Market Department को भर्चुअल बैठकमा सहभागिता जनाउनुभयो । विभिन्न बैठकका क्रममा द्विपक्षीय हित प्रवद्र्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरू, कोभिड–१९ का कारण नेपालको वित्तीय क्षेत्रमा परेका असर र त्यसको न्यूनीकरणका निम्ति लिइएका नीतिगत व्यवस्थाका विषयमा विस्तृत छलफल भएको थियो । बैठकका क्रममा एसिया प्यासिफिक डिपार्टमेण्टले Regional Economic Outlook सार्वजनिक समेत गरेको थियो । वार्षिक बैठकमा गभर्नरको कार्यालयका का.मु. निर्देशक नारायणप्रसाद पोख्रेल र उप–निर्देशक डम्बर सुवेदीको समेत सहभागिता थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]