
बैंकिङ खबर । साताको तेस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज मंगलबार नेप्से परिसूचक १२.४७ अंकले बढेर १ हजार ५ सय ८२.८४ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स २.४० अंकले बढेर ३१३.२९ विन्दुमा पुगेको छ । कूल १९३ कम्पनीले ४९ लाख १३ हजार ४९७ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्व २४ करोड १२ लाख ४२ हजार ७०७कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूहको कारोबार बढेको छ । आज अरुण काबेली पावरले सबैभन्दा बढि कारोबार गरेको छ । अरुण काबेली पावरले ८ करोड ८२ लाख ९२ हजार ९ सयको कारोबार गरेका छ ।

