
बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार एक लघुवित्तको शेयर सूचिकृत भएको छ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको सजिलो लघुवित्त र समिट लघुवित्त एक आपसमा १स्१ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको १४ लाख कित्ता संस्थापक शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको नेपाल स्टकले जनाएको छ । स्टकका अनुसार आज (कार्तिक ४ गते, मंगलबार) बाट मर्जर प्रयोजनका लागि रोक्का भएको संस्थाको कारोबार समेत फुकुवा गरिएको छ ।